मूर्ति पूजा ईश्वर प्राप्तिको साधन हैन - ধর্ম্মতত্ত্ব

ধর্ম্মতত্ত্ব

ধর্ম বিষয়ে জ্ঞান, ধর্ম গ্রন্থ কি , হিন্দু মুসলমান সম্প্রদায়, ইসলাম খ্রীষ্ট মত বিষয়ে তত্ত্ব ও সনাতন ধর্ম নিয়ে আলোচনা

धर्म मानव मात्र का एक है, मानवों के धर्म अलग अलग नहीं होते-Theology

সাম্প্রতিক প্রবন্ধ

Post Top Ad

স্বাগতম

01 September, 2019

मूर्ति पूजा ईश्वर प्राप्तिको साधन हैन


मूर्ति पूजा ईश्वर प्राप्तिको साधन हैन ईश्वर प्राप्तिको केवल एक मात्र मार्ग छ-  “अष्टांग योग” ओ३म्.. वेदमा मूर्तिपूजाको विधान छैन। वेदले घोषणा गरेको छ- न तस्य प्रतिमा अस्ति यस्य नाम महद्यशः।  (यजुर्वेद: ३२/३) अर्थात्, जसको नाम महान यशवाला हो, उस परमात्माको कुनै मूर्ति, तुलना, प्रतिकृति, प्रतिनिधि छैन। प्रश्न उत्पन्न हुनसक्छ कि फेरी हिन्दु समाजमा मूर्तिपूजा कहिले प्रचलित भयो र कसले चलायो? महर्षि दयानन्दले आफ्नो कालजयी ग्रन्थ – “सत्यार्थ प्रकाश” को एकादश समुल्लासमा प्रश्नोत्तर रूपमा यस सम्बन्धमा लेख्छन् कि- प्र – मूर्तिपूजा कहाँबाट चल्यो? उ – जैनिहरुबाट| प्र – जैनिले कहाँबाट चलाए ? उ – आफ्नो मूर्खताले| पण्डित जवाहरलाल नेहरुका अनुसार मूर्तिपूजा बौद्धकाल देखि प्रचलित भयो| उनि लेख्छन् – “यो एक मनोरंजक विचार हो कि हिन्दु समाजमा मूर्तिपूजा यूनानबाट आयो| वैदिक धर्म हर प्रकारको मूर्ति तथा प्रतिमा-पूजनको विरोधी थियो| उस काल (वैदिकयुग) मा देव मूर्तिहरुको कुनै मंदिरहरु थिएनन्|……..प्रारम्भिक बौद्ध धर्म यसको घोर विरोधी थियो………पछी स्वयं बुद्धको मूर्ति बन्न लागे| फारसी तथा उर्दू भाषामा प्रतिमा अथवा मूर्तिको लागि आज पनि “बुत” शब्द प्रयुक्त हुन्छ जो बुद्धको रूपांतर हो|” (हिन्दुस्तान की कहानी -पृ १७२) एक अन्य स्थलमा उनि लेख्छन्- “ग्रीस र यूनान आदि देशमा देवताहरुको मूर्ति पूजन हुन्थ्यो|त्यहाँबाट मूर्तिपूजा यहाँ आयो| बौद्धिस्टहरुले मूर्तिपूजा आरम्भ गरे| फेरी अनेत्र फैलियो|” (विश्व इतिहास की झलक- पृ ६९४) यी उद्धरणबाट यो कुरो निश्चित छ कि मूर्तिपूजा हाम्रो देशमा जैन तथा बौद्धकाल देखि आरम्भ भयो| जुन समय यहाँ मूर्तिपूजा आरम्भ भयो र मानिसहरु मन्दिरमा जान थाले तब यहाँका विद्वानहरुले यसको घोर खण्डन गरे| मूर्तिपूजाको खण्डनमा उनीहरुले यहाँ सम्म भने कि- गजैरापीड्यमानोsपि न गच्छेज्जैनमन्दिरम् (भविष्य पु. प्रतिसर्गपर्व ३-२८-५३) अर्थात, यदि हात्ती मार्नको लागि दौड्दै आइरहेको छ र जैनिको मन्दिरमा गएपछि प्राणरक्षा हुन्छ भने पनि जैनिको मन्दिरमा जानु हुँदैन| तर …ब्राह्मणहरुको, उपदेशकहरुको र विद्वानहरुको उक्त कथनको साधारण जनतामा कुनै प्रभाव पर्न सकेन र उनीहरुले पनि मन्दिर निर्माण गरे| जैनिहरुको मन्दिरमा अश्लिल (नग्न) मूर्तिहरु हुन्थे तर यीनिहरुले भव्य भेश-भुषा तथा श्रृंगारयुक्त मूर्तिहरुको स्थापना गरेर पूजागर्न थाले| हिन्दु समाजमा पुराणहरुको निक्कै मान्यता छ तर पुराणमा पनि मूर्तिपूजाको घोर खण्डन गरिएकोछ| जस्तै- यस्यात्मबुद्धिःकुणपे त्रिधातुके| स्वधीः कलत्रादिषु भौम इज्यधीः|| यत्तीर्थबुद्धिः सलिले न कहिर्चिज्| जनेष्वभिज्ञेषु स एव गोखरः || –   ( श्रीमद भागवत: १०-८४-१३) अर्थात, जो वात, पित र कफ तीन मल द्वारा बनेको शरीरमा आत्मबुद्धि राख्छ, जो स्त्री आदिमा स्वबुद्धि राख्छ, जो पृथ्वीबाट बनेको पाषाण मूर्तिहरुमा पूज्य बुद्धि राख्ने गर्दछ, त्यस्तो व्यक्ति गोखर – गौको चारो बोक्ने गधा हो| न ह्यम्मयानि तीर्थानि न देवा मृच्छिलामयाः| ते पुनन्त्यापि कालेन विष्णुभक्ताः क्षणादहो|| –   ( देवी भागवत ९-७-४२ ) अर्थात, पानीको तीर्थ हुँदैन तथा माटो र पत्थरका देवता हुँदैनन्| विष्णुभक्तले त क्षण मात्रमा पवित्र गर्दिन्छन्| तर ति कुनै कालमा पनि मनुष्यहरुलाई पवित्र गर्न सक्दैनन्| दर्शन शास्त्रहरुमा पनि मूर्तिपूजाको निषेध छ- न प्रतीके न ही सः (वेदान्त दर्शन ४-१-४) प्रतीकमा, मूर्ति आदिमा परमात्माको उपासना हुन सक्दैन, किनकि प्रतीक परमात्मा हैन|   संसारका समस्त महापुरुषहरु र सुधारकहरुले पनि मूर्तिपूजाको खण्डन गरेका छन्| श्री शंकराचार्यले परपूजामा लेख्छन्- पूर्णस्यावाहनं कुत्र सर्वाधारस्य चासनम्| स्वच्छस्य पाद्यमघर्यं च शुद्धस्याचमनं कुतः|| निर्लेपस्य कुतो गन्धं पुष्पं निर्वसनस्य च| निर्गन्धस्य कुतो धूपं स्वप्रकाशस्य दीपकम्|| अर्थात, ईश्वर सर्वत्र परिपूर्ण छ फेरी उसको आह्वान कस्तो? जो सर्वाधार छ उसको लागि आसन कस्तो? जो सर्वथा स्वच्छ एवं पवित्र छ उसको लागि पाद्य र अर्घ्य कस्तो? जो शुद्ध छ उसको लागि आचमनको के आवश्यकता? निर्लेप ईश्वरलाई चन्दन लगाउने किन? जो सुगंधको इच्छाले रहित छ उसलाई पुष्प किन चढाउँछौ? निर्गंधलाई धूप किन जलाउँछौ ? जो स्वयं प्रकाशमान छ उसैको समिप दीपक किन जलाउँछौ?   चाणक्यले लेख्छन्- अग्निहोत्र गर्नु द्विजमात्रको कर्तव्यहो| मुनिहरु हृदयमा परमात्माको उपासना गर्ने गर्दछन्| अल्प बुद्धि मानिसहरु मूर्तिपूजा गर्दछन्| बुद्धिमानहरुको लागि त देव सर्वत्र छन्| ( चाणक्य नीति ४-१९)   कबीरदासको भनाइ- पाहन पूजे हरि मिले तो हम पूजे पहार| ताते तो चाकी भली पीस खाए संसार||   दादुरामको भनाइ- मूर्त गढ़ी पाषण की किया सृजन हार| दादू साँच सूझे नहीं यूँ डूबा संसार||   गुरु नानकदेवको उपदेश- पात्थर ले पूजहि मुगध गंवार| ओहिजा आपि डूबो तुम कहा तारनहार||   महर्षि दयानन्दको कथन- “मूर्ति जड वस्तु हो, उसलाई ईश्वर मान्ने हो भने त ईश्वर पनि जड सिद्ध हुनेछ| अथवा ईश्वर समान एक अर्को ईश्वर मान्ने हो भने परमात्माको परमात्मापन नै रहन्न| यदि प्रतिमा मा ईश्वर आउँछ भन्छौ भने यो ठीक हैन| यसबाट ईश्वर अखण्ड सिद्ध हुँदैन| भावनामा भगवान् हुन्छ भन्छौ भने म भन्छु कि काठमा उखु र बालुवामा चिनीको भावना गर्नाले के मुख मिठो हुन सक्छ? मृगतृष्णामा मृगले जलको निक्कै भावना गर्छ तर उसको प्यास मेटिन्न| विशवास, भावना र कल्पनाको साथमा सत्य पनि हुनु आवश्यक छ|” प्रश्न – मूर्तिपूजा एक सिंढीहो| मूर्तिपूजा गर्दा-गर्दा मनुष्य ईश्वर सम्म पुग्छ| उत्तर – मूर्तिपूजा परमात्मा-प्राप्तिको सिंढी हैन| सिंढी त गंतव्य स्थानमा पुगे पछी छुट्छ तर हामि देख्छौं कि एक व्यक्ति आठ वर्षको आयुमा मूर्तिपूजा आरम्भ गर्दछ र अस्सी वर्षको अवस्थामा मर्ने समय सम्म पनि यस दलदलबाट निस्कन सक्दैन| एक बालक दोस्रो कक्षामा पढ्छ, उसलाई ५ र ६ को जोड गर्नु पर्दा पहिले कालो पाटि कापीमा ५ धर्का खिच्छ र फेरी ६ धर्का खिच्छ, उनलाई गनेर उसले ११ प्राप्त गर्छ| तर तेस्रो अथवा चौथो कक्षामा पुगे पछी उसले औंला गनेर थाह पाउन सक्छ र पाँचौ र छैठौं कक्षामा पुगेर उसले मानसिक गणितबाट नै जोड-घटाउ-गुणा आदि गर्न सक्छ| यदि मूर्तिपूजा सिंढी हुन्थ्यो भने त मूर्तिपूजक पनि उन्नति गर्दा-गर्दा मनमनै ध्यान गर्न लाग्ने थियो तर यस्तो भएको कहीं देखिएको छैन र हुँदैन पनि, अतः महर्षि दयानन्दले लेख्छन्- “हैन-हैन, मूर्तिपूजा सिंढी हैन तर अन्धकारमय एक विशाल खाडल हो जसमा खसेर मनुष्य चकनाचूर हुन्छ, पुनः उक्त खाडलबाट निस्कन सक्दैन र उसैमा मर्छ|” (सत्यार्थ प्रकाश, एकादश समुल्लास) ईश्वर प्राप्तिको सिंढी त महर्षि  पतंजलि कृत “अष्टांग  योग” हो जसमा अंग – यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्| विद्वान, ज्ञानी र योगीजन ईश्वर प्राप्तिका सिंढी हुन्, पाषाण आदि हैन| 

No comments:

Post a Comment

ধন্যবাদ

বৈশিষ্ট্যযুক্ত পোস্ট

যজুর্বেদ অধ্যায় ১২

  ॥ ও৩ম্ ॥ অথ দ্বাদশাऽধ্যায়ারম্ভঃ ও৩ম্ বিশ্বা॑নি দেব সবিতর্দুরি॒তানি॒ পরা॑ সুব । য়দ্ভ॒দ্রং তন্ন॒ऽআ সু॑ব ॥ য়জুঃ৩০.৩ ॥ তত্রাদৌ বিদ্বদ্গুণানাহ ...

Post Top Ad

ধন্যবাদ